एक सफल शिक्षक बन्नुहोस्

हामी तपाईलाई हाम्रो कार्यक्षेत्रमा स्वागत गर्दछौ जहाँ तपाई सजीलै आफ्ना शैक्षिक गतिविधिहरु व्यवस्थापन गर्न सक्नु हुनेछ ।

एक सफल शिक्षक बन्नुहोस् 

शिक्षण पेशा कुनै व्यक्तिको वृत्ति विकाशको सपनालाई परिपूर्ती गर्ने पेशा हो । शिक्षकको हैसियतले तपाईले भावी पुस्तालाई अभिप्रेरित गर्ने, तिनको वौद्धिकतालाई आकार दिने, सुरक्षित र सहयोगी शैक्षिक वातावरण सृजना गर्ने, सहकर्मी तथा अभिभावकसँग सामिप्यततामा कार्य गर्ने अवसर प्राप्त गर्नुहुनेछ जसले विद्यार्थीहरुबाट प्राप्त हुने सबल परिणामको सुनिश्चितता गर्नेछ । एक सफल शिक्षक इच्छाशक्ति भएको, धैर्य तथा समर्पित हुनुको साथै सहज ढङ्गले सूचना आदान-प्रदान गर्न सक्ने तथा सांगठनिक क्षमता भएको हुन्छ। यदि तपाई उल्लेखित उपलब्धीहरु हासिल गर्न चाहनुहुन्छ भने हामी तपाईलाई Vurilo App अन्वेषण गर्न सुझाव दिन्छौं । Vurilo मा अन्य शिक्षकहरुको अनुभव तथा पेशा माथि उहाँहरुको दृष्टिकोण जस्ता विशेषता समावेश भएको पाउनु हुनेछ । त्यसको साथै यसमा एक सफल शिक्षक बन्न आवश्यक गुणहरुको सम्बन्धमा सामग्रीहरु समावेश गरीएको छ जसले तपाईलाई प्रेरणा प्रदान गर्नेछ । यो श्रव्यदृष्य हेरेपछी तपाँईले Vurilo App को प्रक्रियामा समावेश भई शिक्षण पेशा तर्फ पाईला अग्रसर गर्न सक्नुहुनेछ ।

कार्यक्षेत्र निर्माण

Vurilo कार्यक्षेत्र

हामी तपाईलाई हाम्रो कार्यक्षेत्रमा स्वागत गर्दछौँ जहाँ तपाई सजिलै आफ्ना शैक्षिक गतिविधिहरु व्यवस्थापन गर्न सक्नुहुनेछ । यस मञ्चले प्रशासनिक उपकरणहरु प्रदान गर्दछ जसले सदस्यहरु, पाठ्यक्रमहरु, कक्षाहरुको प्रत्यक्ष प्रसारण, परीक्षाहरु, प्रशिक्षकहरु तथा समूहहरुको व्यवस्थापन गर्दछ । तपाईको सरलताको लागि हामिले निर्देशन प्रेरित श्रव्यदृष्य समावेश गरेकाछौं  जसले तपाईलाई कार्यक्षेत्र निर्माण गर्न तहगत रुपमा सहयोग गर्दछ । तपाई व्यवस्थापकिय, प्रशिक्षक अथवा सदस्य जोसुकै भएता पनि हाम्रो कार्यक्षेत्र तपाईलाई सफल बनाउन निर्माण गरिएको छ । हामीसँग जोडिएर  तपाँईको शैक्षिक लक्ष्य हासिल गर्नेतर्फ पाईला चाल्नुहोस् ।